गर्भवती प्रेमिकाको हत्या अभियोगका कैदी फरार भागेपछि जेलर पक्राउ

हेटौंडा खबर
१२ पुष २०७८, सोमबार १६:११

आफ्नै गर्भवती प्रेमिकाको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका कैदी यामराज परियार फरार भएपछि कारागारका जेलर पक्राउ परेका छन् ।

प्रहरीले घोराही कारागारका जेलर युवराज परियारलाई आइतबार बेलुकी पक्राउ गरेको हो । परियारलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । पुस ६ गतेदेखि १३ गतेसम्म बिदा बसेका जेलर ८ गते कार्यालय आएर परियारलाई अस्पताल जान अनुमति दिएकाले उनको मिलेमतो भएको ठहर गर्दै प्रजिअको सहमतिमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

दाङका प्रहरी प्रमुख एसपी सुरेस काफ्लेले जेलर पक्राउका विषयमा बोल्न चाहेनन् । ´अनुसन्धान जारी छ’,एसपी काफ्लेले भने,´अनुसन्धान भइरहेको विषयमा नबोल्दा राम्रो हुन्छ ।’

प्रहरी स्रोतका अनुसार जेलर परियारलाई म्याद थप गर्न लैजाने तयारी भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*