हेटौंडाबाट लागूऔषध गाँजासहित ३ जना पक्राउ

हेटौंडा खबर
१३ पुष २०७८, मंगलवार २१:३३

मकवानपुर प्रहरीले हेटौंडाबाट ६९ किलो ५ सय ग्राम लागूऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ ।

सोमबार साँझ ५ः४५ बजे प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १ स्थित पालुङ बसपार्कबाट कैलाश गाउँपालिका वडा नम्वर– ५ घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नम्वर–७ कमाने बस्दै आएका ३४ बर्षीय सिताराम मोक्तान, कैलाश गाउँपालिका वडा नम्वर– १ बस्ने ३३ बर्षीय अमरबहादुर गिरी र सोही स्थान बस्ने २६ बर्षीय इन्द्रबहादुर मोक्तानलाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

विशेष सूचनाको आधारमा ना १ ह ७६३८ नम्वरको अटोलाई चेकजाँच गर्दा तरकारीको बोरा भित्र लुकाई छिपाई ल्याइएको १० वटा पोकाको साढे ६९ किलो गाँजा फेला परेपछि प्रहरीले उक्त अटो नियन्त्रणमा लिनुको साथै गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

३४ बर्षीय मोक्तान अटो चालक हुन् भने अन्य दुई जना सो लागूऔषध गाँजा ओसारपसारमा संलग्न भएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*