मकवानपुरमा ह्वात्तै चिसो बढ्यो, हेटौंडामा आज विद्यालय बन्द

हेटौंडा खबर
१४ पुष २०७८, बुधबार ०९:१६

गएरातीदेखि वर्षा भैरहेकाले मकवानपुरमा ह्वात्तै चिसो बढेको छ । चिसो बढेर तापक्रम निकै घटेकाले हेटौंडा उपमहानगरपालिमा आज एक दिन विद्यालयको पठनपाठन बन्द हुने भएको छ ।

विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै आज नगर भित्रको विद्यालयको पठनपाठन बन्द गर्न भनिएको नगरका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिएका छन् ।

चिसो ह्वात्तै बढे संगै विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै उपमहानगरपालिकाका मेयर हरिबोल महतको आदेश अनुसार एकदिन विद्यालयको पठनपाठन बन्द गर्न अनुरोध गरिएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*