मकवानपुरको दामन र सिमभञ्याङमा हिमपात, त्रिभुवन राजपथ अवरुद्ध

हेटौंडा खबर
१४ पुष २०७८, बुधबार ०९:३८

मकवानपुरको दामन र सिमभञ्याङ क्षेत्रमा हिमपात भएको छ ।

गएरातीदेखि वर्षा भएपछी थाहा नगरपालिका स्थित दामन र सिमभञ्याङमा बाक्लो हिउ परेको हो ।

निरन्तर हिमपात भएपछी त्रिभुवन राजपथ अवरुद्ध भएको खबर प्राप्त भएको छ । हिउँका कारण हेटौंडा-काठमाण्डौ चल्ने सवारी सिमभञ्याङमा रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

लगातार वर्षा भैरहेको र बाक्लो हिमपात भैरहेकोले तत्काल अवरुद्ध सडक खुल्न सक्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*