दामन र सिमभञ्याङमा हिउँ परेपछि अवरुद्ध त्रिभुवन राजपथ अझै खुलेन

हेटौंडा खबर
१५ पुष २०७८, बिहीबार ०८:१५

उत्तरी मकवानपुरको दामन र सिमभञ्याङ क्षेत्रमा हिमपात भएपछी अवरुद्ध बनेको त्रिभुवन राजपथ अझै संचालनमा आउन सकेको छैन ।

मंगलबार रातीदेखि वर्षा भएपछी थाहा नगरपालिका स्थित दामन र सिमभञ्याङमा बुधबार बिहानैदेखि बाक्लो हिउ परेको थियो ।

निरन्तर हिमपात भएपछी अवरुद्ध भएको त्रिभुवन राजपथ अझै नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हिउँका कारण हेटौंडाबाट काठमाण्डौ हिडेका र काठमाडौंबाट हेटौँडा आउदै गरेका सवारी बाटोमै रोकिएको प्रहरीले जनाएको छ ।

अघोर,सीमभञ्ज्याङ र दामन क्षेत्रमा २ फिट सम्म हिउँ जम्दा सडक अवरुद्ध बनेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*