मकवानपुर सहित १६ जिल्लाको कांग्रेस जिल्ला अधिवेशन फेरि सर्‍यो

हेटौंडा खबर
२१ पुष २०७८, बुधबार १८:३४

नेपाली कांग्रेसको आगामी पुस २७ गते हुने भनिएको १६ जिल्लाको जिल्ला अधिवेशन फेरि सरेको छ । मकवानपुर, चितवन, सिन्धुली, सिन्धुपाल्चोक, बाँके, कैलाली, अछाम र नवलपुरको जिल्ला कार्यसमितिको निर्वाचन हुन सकेको छैन । प्रदेश २ का सबै जिल्लामा जिल्ला अधिवेशन हुन बाकि छ ।

यही माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनका कारण अधिवेशन सार्नु परेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

यसअघि उक्त निर्वाचन यही पुस २७ गते हुने कार्यतालिका रहेको थियो । अब उक्त निर्वाचन माघ १५ गतेका लागि तोकिएको छ । कांग्रेसको १४ औं महाधिवेशन सकिएको भए पनि १६ जिल्लाको जिल्ला अधिवेशन बाँकी छ ।

पटक पटकको विवादका बीच अझै १६ जिल्लाको जिल्ला अधिवेशन हुन सकेको छैन ।

राष्ट्रिय सभाको निर्वाचन यही माघ १२ गते हुँदैछ । १९ सिटका लागि हुने निर्वाचनका लागि ४३ जनाको उम्मेदवारी परेको छ । जसमा सत्तारुढ गठबन्धन एकढिक्का भएका छन् । एमाले एक्लिएको छ । जसले गर्दा उसलाई असर पर्ने देखिएको छ ।

आगामी फागुन २० गतेदेखि निर्वाचित १९ र राष्ट्रपतिबाट मनोनित १ गरी २० जनाको पदावधि सकिँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*