सुनचाँदीको भाउ आज घट्यो

हेटौंडा खबर
२३ पुष २०७८, शुक्रबार १२:३०

सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा सात सय रुपैयाँ सस्तो भएको छ भने चाँदी १० रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ तोलामा ९१ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

हिजो तोलामा ९२ हजार ३ सय रुपैयाँ थियो । यस्तै, हिजो तोलाको १२ सय ३५ रुपैयाँ रहेको चाँदी आज १० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय भाउ अनुसार हरेक दिन सुनचाँदीको भाउ निर्धारण गर्ने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*