खुल्ला सिमा नाकाले कोरोनाको उच्च जोखिममा ‘हेटौंडा’

हेटौंडा खबर
२३ पुष २०७८, शुक्रबार १७:०४

भारतमा कोरोना संक्रमण दर तीव्र भइरहेको छ। भारतीय सञ्चार माध्यमका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ लाख १७ हजार नयाँ संक्रमित थपिएका छन्।

भारतमा कोरोना संक्रमण दर तीव्र गतिले फैलिएसँगै नेपालमा पनि संक्रमणको जोखिम बढेको छ।

भारतसँग खुला सीमा रहेका कारण नेपालमा पनि संक्रमण भित्रिने निश्चित छ। किनभने यसअघि पहिलो र दोस्रो लहर पनि भारतमै संक्रमण व्यापक भएपछि भित्रिएको थियो। अझ तराईका जिल्लाहरुमा त झन् खतरा बढेको छ । मकवानपुरको छिमेकी जिल्लासमेत रहेका बारा,पर्सा,रौतहटलगायतका भारत संग जोडिएका जिल्लामा कोरोनाको जोखिन बढेको छ ।

मकवानपुरमा पनि यसको जोखिन उच्च छ । यसअघि पनि भारतमा माहामारी फैलिएलगत्तै पर्सा जिल्लामा संक्रमितको संख्या ह्वात्तै बढेपछी मकवानपुरमा पनि संक्रमितको संख्या तिब्ररुपमा बढ्दै गएको थियो ।

भारत संगको खुल्ला सिमा नांका र स्वास्थ्य सुरक्षाका न्युनतम मापदण्डलाई समेत ख्याल नगर्दा यसको जोखिम थप बढ्दै गएको छ ।

मकवानपुरबाट  बारा, पर्सा संगै भारतको रक्सौल र आसपासका क्षेत्रसम्म दैनिक नागरिक ओहोरदोहोर गरिरहेका छन् । भारतमा सरकारले केहिदिन यता कोरोना नियन्त्रणमा कडाई गरेको छ भने केहि स्थानमा कर्फ्युसमेत लगाउन सुरुगरेको छ ।

यता तराईका जिल्ला र मकवानपुरमा भने सिमा नाकालगायतका कुनैपनि स्थानमा कडाई तथा नियन्त्रणको तयारी गरिएको छैन ।

सरकारको पछिल्लो तथ्यांकअनुसार पनि नेपालमा पछिल्लो समय दैनिक संक्रमितको संख्या बढ्दै गएको छ। शुक्रबार नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । योसँगै नेपालमा ओमिक्रोन संक्रमित भेटिनेको संख्या २७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १४ हजार ९७१ परीक्षणमा ९६८ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार ५ सय ४० जनामा संक्रमण पुष्टि भएको थियो। गत मंगलबारदेखि संक्रमण उकालो लाग्न थालेको छ।

मकवानपुरमा पनि शुक्रबार संक्रमितको संख्यामा वृद्धि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार २७ जनाको कोरोना परीक्षण गर्दा १३ जनामा कोरोना पुष्टि भएको छ।

भारतमा एकैदिन एकलाख संक्रमित थपिदै जाँदा यसको असर नेपालमा पर्ने निश्चित छ भारतको सिमा नाका र तराईका जिल्लामा नियन्त्रणको प्रयास अझै नगर्ने हो भने  संक्रमितको संख्यामा तिब्र वृद्धि हुने देखिएको छ ।

मकवानपुरमा पनि नेपाल-भारत ओहोरदोहोर र जिल्लाका नाँकामा कडाई नगर्ने हो भने अवस्था विकराल नहोला भन्न सकिन्न ।

यसमा तपाइको मत

Your email address will not be published.


*