नेपालमा पनि फैलियो ओमिक्रोन, थप २४ जनामा भेरियन्ट पुष्टि, अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन

हेटौंडा खबर
२३ पुष २०७८, शुक्रबार १३:२९

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।

योसँगै नेपालमा ओमिक्रोन संक्रमित भेटिनेको संख्या २७ पुगेको छ ।

पुस महिनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशभरबाट १ हजार १४६ वटा नमूनाको जिन सिक्वेन्सिङ गरेको थियो ।  सो नमूनाहरुमध्ये २५० वटामा एस जिन नेगेटिभ देखिएको थियो ।

ओमिक्रोन भेरियन्टका कारण बढ्न सक्ने संक्रमितको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*