नेपालमा ओमिक्रोन फैलिएपछि प्रधानमन्त्रीले बोलाए सीसीएमसी बैठक

हेटौंडा खबर
२३ पुष २०७८, शुक्रबार १८:०८

आज एकैदिन २४ जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएपछि सरकारले कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) बैठक बोलाएको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । बैठकमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल, डा. स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंह तथा वीर अस्पतालका निर्देशक डा. भुपेन्द्रकुमार बस्नेत सहभागी छन् ।

बैठकमा कोरोनाको तेस्रो लहर रोकथामबारे छलफल भैरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*