सीसीएमसी बैठक: स्मार्ट लकडाउनबारे छलफल, अस्पताल तयारी अवस्थामा राख्न निर्देशन

हेटौंडा खबर
२३ पुष २०७८, शुक्रबार २०:३०

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् ।

शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा प्रधानमन्त्री देउवाले अहिले कोरनाको संक्रमण बढिरहेकाले संक्रमण बढन नदिने उपाय अपनाउन निर्देशन दिएका हुन् ।

बैठकमा प्रधानमन्त्री देउवाले संक्रमितहरुको परीक्षण तथा उपचारमा विशेष ध्यान दिन र अस्पताल तयारी अवस्थामा राख्न निर्देशन दिए ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाका अनुसार प्रधानमन्त्री देउवाले बैठकमा सीमा नाकाहरुमा कोभिड–१९ को परिक्षण गर्ने र खोप लगाउने कामलाई अझ तीव्रता दिन निर्देशन दिएका छन् ।

बैठकमा ओमिक्रोन भेरियन्टको संक्रमणदर बढ्दै गएमा स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको छ । संक्रमितहरुको संख्या बढेर गएमा भीडभाड हुने सिनेमा हल, विद्यालयहरु बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा छलफल गरिएको छ ।

सीसीएमसी बैठकले बुस्टर डोज खोप पनि अघि बढाउने अनुमति दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*