हेटौंडा अस्पतालको फार्मेसीमा सामन्य औषधिसमेत पाईदैन , बिरामीलाई सास्ती

हेटौंडा खबर
२५ पुष २०७८, आईतवार १७:४६

हेटौंडा अस्पतालको फार्मेसीमा औषधिको चरम अभाव हुदा बिरामीले सास्ती खेपिरहनु परेको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा चिकित्सकले लेखिदिएको अधिकांस औषधि किन्न जाँदा पाइदैन । औषधि नपाएपछी बिरामी महँगो पैसा तिरेर निजि मेडिकलबाट औषधि खरिद गर्न बाध्य भईरहेका छन् ।

अर्को तर्फ सरकारले बीमा कार्यक्रममार्फत सर्वसाधारणलाई एक हजारभन्दा बढी प्रकारका औषधि दिने भनिएपनि अस्पतालको फार्मेसीमा भने आधा औषधि पनि पाउन मुस्किल पर्छ ।

झट्ट सुन्दा अचम्म लाग्छ, बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पतालमा खोकीको औषधीपनि पाईदैन । तर बास्तविकता यहि नै हो । यहाँ सामान्य औषधिसमेत उपलब्ध छैन ।

यस विषयमा अस्पताल प्रशासन भने मौन नै बसेको छ ।  फार्मेसीमा लामो समयदेखि औषधिको अभाव हुदापनि यसतर्फ कसैको ध्यान गएको छैन ।

यसले गर्दा बिरामी भने घन्टौं लाईनमा बसी औषधि नलिई रित्तो हात फर्किएर निजि मेडिकलमा जान बाध्य बनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*