माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय

हेटौंडा खबर
२५ पुष २०७८, आईतवार १९:०७

कोभिड-१९ संक्रमण रोकथामका लागि भन्दै आज बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको छ ।

पछिल्लो दिन कोरोना संक्रमण बढ्दै गएपछी बैठकले यो यस्तो निर्णय गरेको बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*