अब होटल, सिनेमा हल, पार्क छिर्न खोप कार्ड अनिवार्य

हेटौंडा खबर
२५ पुष २०७८, आईतवार १९:४४

आगामी माघ ३ गतेदेखि होटल, रेष्टुरेन्ट, क्लब, पार्क,सिनेमा हल, रंगशाला, हवाईयात्रा लगायतका सार्वजनिक ठाउँमा प्रवेश गर्न खोप कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ ।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले यस्तो निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।

उनका अनुसार यस्ता ठाउँमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको खोप कार्ड मोबाइलमा फोटो भए पनि  राख्नुपर्ने र कार्ड हेरेर मात्र प्रवेश दिने व्‍यवस्था मिलाउने गरी निर्णय भएको बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*