हेटौंडा अस्पताल र प्रतिष्ठानमा मनलाग्दी : ऐन विपरित सामाग्री खरिद,पावरमा सयौं कर्मचारी भर्ति

हेटौंडा खबर
२६ पुष २०७८, सोमबार १७:२६

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय र अन्तर्गतको हेटौंडा अस्पतालमा लाखौँ अनियमितता भएको आशंका गरिएको छ  ।

अस्पतालमा चाहिने विभिन्न सामाग्री खरिद तथा कर्मचारी नियुक्ति गैर-कानिनी ढंगले  गरिएको पाईएको छ  । प्रतिष्ठानले खरिद ऐन विपरित आफूखुसी मनलाग्दी संग अस्पतालमा चाहिने स्वास्थ्य सामाग्री र प्रतिष्ठानको कार्यालयका लागि लाखौँको सामान खरिद गरिएको पाईएको हो  ।

त्यतिमात्र होईन हेटौंडा अस्पताललाई प्रतिष्ठान मातहत ल्याएपछि नया बनेको समितिले अस्पताल र प्रतिष्ठानलाई कर्मचारी भर्ति केन्द्र बनाएको छ  । विभिन्न कार्यक्रम तथा छुट्टा छुट्टै शिर्षक बनाउदै राजनीतिक आडमा कर्मचारी नियुक्ति गरिएको छ  ।

आर्थिक वर्ष ७५/७६ मा ६२ लाख ऋणमा डुबेको हेटौंडा अस्पताल त्यसपछि बिस्तारै माथि उठ्दै गएको थियो  । पुर्व मेडिकल सुपरिटेडेन्ट डाक्टर प्रविन श्रेष्ठका अनुसार अस्पतालमा विभिन्न नयाँ उपकरण र आधुनिक प्रविधियुक्त उपचार हुन थालेपछि ०७६/०७७ मा सबै खर्च कटाएर तत्कालिन अस्पताल विकास समितिले २ करोड बचत गरेको थियो  ।

त्यस्तै ७७/७८को अन्तिम तिर आइपुग्दा समितिको खातामा ४ करोड ५० लाख रुपैया खातामै बचत रहेको श्रेष्ठको भनाई छ ।

१६ चैत २०७७ मा प्रदेशको सामाजिक विकास मन्त्रालयले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ( अस्पताल अस्पताल संचालन तथा व्यवस्थापन ) नियमावली २०७७ लाई राजपत्रमा प्रकाशन गरि अस्पतालको स्वामित्व प्रतिष्ठानले ग्रहण गरेको थियो  ।

त्यसपछी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाई बने  ।

सुरुमै भएको थियो लफडा 

प्रतिष्ठानले अस्पतालको स्वामित्व लिने बित्तिकैदेखि अस्पताल भित्र राजनीतिक दवाव र मनमोटाव सुरु भैसकेको थियो । तत्कालिन अस्पताल विकास समितिलाई खारेज गरि प्रतिष्ठानले नयाँ संचालक तथा व्यवस्थापन समिति निर्माण गरि अस्पताल संचालन गर्न थालेपछि विवादहरु सुरुहुन थाले ।

सुरुमै प्रतिष्ठानले हेटौंडा अस्पतालमा प्रयोग हुदै आएको सरकारी लोगो हटाएर प्रतिष्ठानको लोगो राख्न थाल्यो । त्यसपछि अस्पताल विकास समितिमा भएको रकम प्रतिष्ठानमा सार्नको लागि प्रतिष्ठानले त्यसबेलाका मेसु प्रविन श्रेष्ठलाई दवाव दिन थाले ।

सरकारी नीति र नियम बिपरित आफुले अस्पतालको जम्मा भएको रकम अन्त  नसार्ने बरु राजिनामा दिन्छु भन्दै मेसुले राजिनामा दिए ।

त्यसैबेला लोगो परिवर्तन भएपश्चात सामाजिक विकास मन्त्रालयलाई मेसुले रकम सार्न र लोगो परिवर्तन गर्न मिल्ने कि नमिल्ने भनि चिठीसमेत पठाएका थिए ।

तर यो दुवै गर्न कानुनले नदिएपछि एक हप्तापछि अस्पतालमा पुरानै लोगो राख्न थालियो र रकमसमेत समितिकै खातामा रहिरह्यो ।

अन्तत सामाजिक विकास मन्त्रालयले मन्त्रि स्तरीय निर्णय गर्दै लोगो परिवर्तन गर्न नहुने र रकम पनि अन्यठाउँमा सार्न नमिल्ने भन्दै गोप्यरुपमा अस्पताललाई चिठी पठाएको स्रोतले बताएको छ ।

त्यतिमात्र होईन प्रतिष्ठानले सार्वजनिक खरिद ऐन मिचेर लाखौँको काम आफूखुसी गर्दै आईरहेको छ । त्यसपछिका काममा कुनैपनि दरभाउ पत्र वा टेन्डर आव्हान नै नगरी सामान खरिद गरिएको छ ।

गत वर्षसम्म लाखौँ ऋण चुक्ता गरि कर्मचारीलाई बोनस खुवाएको हेटौंडा अस्पताल प्रतिष्ठान मातहत जाने बितिकै ओरालो लाग्न थालेको छ । कर्मचारी तथा स्वास्थ्यकर्मीलाई तलव,भत्ता नदिएको गुनासो केहि महिना अघिदेखिनै सुनिएको थियो ।

कर्मचारी मनलाग्दी भर्ति

अहिले प्रतिष्ठानले अस्पताल र आफ्नो कार्यालयमा मनलाग्दी कर्मचारी भर्ति गराएको छ । राजनीतिक आडमा विभिन्न कार्यक्रम र शिर्षक देखाई करार, ज्यालादारीमा कर्मचारी नियुक्ति गरेको छ । अस्पतालमा हाल २ सय ६२ जना कर्मचारी पुगेका छन् । त्यसमध्य ३९ जना स्थायी कर्मचारी हुन् ।

उता प्रतिष्ठानको कार्यालयमा पनि तह-तहका कर्मचारी मनलाग्दी संग नियुक्त गरिएको छ । कानुन र विधि अनुरुप लोकसेवा आयोगको परिक्षा उतिर्ण गरी राखीनुपर्ने कर्मचारी आफ्ना आसेपासे र चिनजानको आधारमा राखिएको छ ।

यसबारे थप सामाग्री पछी प्रकाशन गर्नेछौं ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published.


*