हेटौंडा स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानविरुद्ध अख्तियारमा उजुरी

हेटौंडा खबर
२६ पुष २०७८, सोमबार १९:२१

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

हेटौंडा स्थित प्रतिष्ठानले सार्वजनिक खरिद ऐन विपरित सामग्री खरिद गरेको, बिल पास गराउन ५ लाख भन्दा कम रकमको खुद्रे बिल बनाई आर्थिक अनियमितता गर्न खोजेको भन्दै अख्तियारको कार्यालय हेटौंडामा उजुरी दर्ता भएको छ ।

प्रतिष्ठानमा अनियमितता भएको आशंकामा छानविन गरिपाउँ भन्दै सचेत नागरिकको तर्फबाट उजुरी परेको बताईएको छ । यस विषयमा अख्तियारले कुनैपनि प्रतिक्रिया दिएको छैन ।

प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले आफूखुसी लाखौँको सामान खरिद गर्ने गरेको पाईएको छ । सार्वजनिक खरिद ऐन विपरित उनले अस्पताल र प्रतिष्ठानको कार्यालयका लागि विविध शिर्षकमा प्रक्रिया नपुर्याई खरिद कार्य अघि बढाएका हुन् ।

यो पनि पढ्नुहोस 

हेटौंडा अस्पताल र प्रतिष्ठानमा मनलाग्दी : ऐन विपरित सामाग्री खरिद,पावरमा सयौं कर्मचारी भर्ति

 

हेटौंडा अस्पतालको फार्मेसीमा सामन्य औषधिसमेत पाईदैन , बिरामीलाई सास्ती

यसमा तपाइको मत

Your email address will not be published.


*