मकवानपुरको भैसेबाट एक क्विन्टल ८३ किलो गाँजासहित एकजना पक्राउ

हेटौंडा खबर
२७ पुष २०७८, मंगलवार १३:५३

मकवानपुर प्रहरीले एक क्विन्टल ८३ किलो लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका भैसेस्थित प्रहरी चेकपोस्टबाट उक्त परिमाणको गाँजासहित थाहा नगरपालिका वडा नम्बर २ निवासी ३० वर्षीय रामचन्द्र सिंतान पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा सोमबार साझ करिब ६ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुबाट खटिएको बिशेष टोली र प्रहरी चौकी भैंसे मकवानपुरबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले भिमफेदी गाउँपालिका-२ भैंसे स्थित चेक पोष्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा मकवानपुरको पालुङ तर्फबाट हेटौडा आउँदै गरेको प्रदेश ३-०१-००२२ च ३५५६ नम्बरको पिकअप गाडिमा चेकजाँच गर्ने क्रममा गाँजा फेलापरेको प्रहरीले जनाएको छ ।

गाँजा फेला परेपछि प्रहरीले चालक स्याङ्तानलाई गाडीसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार यसबारे थप अनुसन्धान भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*