हेटौंडा अस्पताल जाँदा बिरामीलाई हैरानी बढी, बृद्धबृद्धाले समयमा उपचार पाउनै मुस्किल

हेटौंडा खबर
२७ पुष २०७८, मंगलवार २०:४२

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा कर्मचारीको गैर जिम्मेवारीपन र संचालक समितिको बेवास्थाका कारण बिरामीलाई निकै समस्या हुने गरेको छ । हेटौंडा अस्पतालमा बिरामी भएर जचाउन आएका बिरामीले सजिलै उपचार पाउनुको सट्टा थप हैरानी र सास्ती खेपिरहनु परेको छ ।

अस्पताल संचालक तथा व्यवस्थापन समितिको लापरवाही र कर्मचारीले गर्ने व्यवहारले अस्पताल आउने बिरामी हैरान बनेका हुन् । जचाउन आउदा सुरुमा टिकट काट्ने ठाउँदेखि नै बिरामीले सास्ती खेप्नु पर्छ ।

अझ बृद्ध बृद्धाले त अस्पतालमा उपचार सेवा लिन आउदा झन् बिरामी भएर फर्किनुपर्ने अवस्था सृजना हुन्छ ।

संचालक तथा व्यवस्थापन समितिको व्यवस्थापन गतिलो नहुदा टिकट काट्ने ठाउँदेखि नै अस्पतालमा भद्रगोल हरु हुन्छ । कर्मचारी सबै आफ्नो कुर्सीमा नहुनु, समयमा काम नगर्नुलगायत थुप्रै समस्याले घन्टौसम्म बिरामी काउन्टरमै रहनुपर्छ । त्यसपछि बिरामी जचाउने लाईनमा आफ्नो नम्बर अनुसार बिरामीले समयमा कहिल्यै जचाउन पाउदैनन् । सुरुमा चिनेजानेका आफ्ना मान्छेहरुलाई जचाएर लाईनमा बसेकालाई घन्टौ कुराउछन् अस्पतालका चिकित्सकहरु ।

त्यतिमात्र होईन ल्याबमा बस्ने कर्मचारीको छुट्टै हर्कत हुन्छ । भर्खर सिक्दै गरेका बिद्यार्थी बाहेक ल्याबमा कर्मचारी कमै भेटिन्छन् । बिरामीको रिपोर्ट कुन हो र कति समयमा आउछ र कसरी दिनेसम्मको ज्ञान नभएकाहरु ल्याबमा बस्ने गर्छन् ।

विभिन्न परिक्षणको रिपोर्ट लिनसमेत ल्याब अगाडी सयौंको संख्यामा लाइनमा बस्नुपर्ने बाध्यता छ ।

त्यतिमात्र होइन अस्पतालको फार्मेसीमा चिकित्सकले लेखिदिएको अधिकांस औषधि पाइदैन । टोकन लिएर घन्टौं बसेपछि औषधि लिन खोज्दा सामान्य औषधि समेत नापाएपछी बिरामी त्यसै फर्किनु पर्छ ।

अस्पतालको ओपिडीमा जचाउँन जादा साथमा ४ देखि ५ जना सम्म साथि लिएर जानुपर्ने नत्र बिरामीले उपचार पाउन ४-५ दिन लाग्ने अस्पताल आएकाहरुको गुनासो छ । टिकट काट्दादेखिको लाईनले बिरामी चेक गराउन र औधधि लिन एकजनाले सम्भव नै देखिदैन ।

अझ कमजोर र बृद्धबृद्धा त उपचार गराउन आउदा झन् बिरामी पर्ने अवस्था सिर्जना हुने गर्छ । जेष्ठ नागरिकलाई प्राथमिकता दिनुको साटो अस्पतालको हरेक ठाउँमा उभिएरै लाइनमा सकी नसकी बस्नुपर्छ बृद्धबृद्धाहरुले ।

यो सबै अस्पताल प्रशासनको कमजोरीका कारण भएको र कर्मचारीको लापरवाहीका कारण अस्पताल आउने बिरामीले सास्ती खेप्नु परेको बिरामीका आफन्तले आक्रोस व्यक्त गर्छन् ।

हेटौंडा अस्पतालमा कुनैपनि शाखा व्यवस्थित छैन । सबैतिर भद्रगोल अवस्था हुदासमेत अस्पताल संचालक तथा व्यवस्थापन समिति भने वास्तै नगरी बसेको छ ।

यस्ता थुप्रै समस्या अस्पतालको भद्रगोल व्यवस्थापन र मनलाग्दी गर्ने कर्मचारीका कारण नै बिरामीले दुख पाएका हुन् । यसतर्फ कसैको ध्यान गएको छैन । बिरामीले दिनहु सास्ती बेहोर्नु परिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*