देशभरका ग्राहकको पुरानो फाइबर निःशुल्क फेर्दै वर्ल्डलिङ्क

हेटौंडा खबर
२८ पुष २०७८, बुधबार २२:४९

देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आफ्नो इन्टरनेट सेवाको गुणस्तर बढाउन पुराना फाइबर केबल परिवर्तन गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ ।

धेरै गुनासो आएको र  आफ्ना ग्राहक अन्य कम्पनीतर्फ आकर्षित हुने स्थिति आएपछि कम्पनीले प्रो-एक्टिभ रुपमा देशव्यापी ग्राहकको अप्टिकल फाइबर फेर्न सुरु गरेको थियो ।

सामान्यतया इन्टरनेटको इन्टरनेटको गुणस्तरमा समस्या आउने दुई ओटा कारण हुन्छन्, अप्टिकल पावर लेभल र वायरलेस पावर लेभल । यसको अर्थ ग्राहकको घरमा रहेको राउटरसम्म राम्रोसँग इन्टरनेट नपुग्ने अवस्था र केबलमा समस्या नरहे पनि राउटरले राम्रोसँग सिग्नल डेलिभर गर्न नसक्ने समस्या रहेको हुन्छ ।

यस्तोमा कम्पनीले वायरलेस पावर लेभल बढाउन न्यूनतम इन्टरनेट स्पिड १५० एमबीपीएस पुर्‍याएको छ भने फाइभ गिगाहर्ज सहितको डुअल ब्यान्ड राउटर र मेश वाई-फाई सिस्टम वितरण थालेको छ । त्यस्तै अप्टिकल पावर लेभल सुधार गर्न पुराना अप्टिकल फाइबर नै परिवर्तन गर्ने अभियान सुरु गरिएको बताईएको छ ।

कम्पनीको कूल ग्राहक सङ्ख्या पाँच लाख भन्दा बढी छ । त्यसमध्ये ६५ प्रतिशत ग्राहकको अप्टिकल पावर लेभल -२४ भन्दा माथि रहेको भए पनि बाँकी ३५ प्रतिशतमा भने कम रहेको थियो । हालसम्म ९० प्रतिशतभन्दा धेरै ग्राहकको अप्टिकल फाइबरको गुणस्तर -२४ डीबीएमभन्दा माथि पुर्‍याइ सकिएको कम्पनीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*