हेटौंडा अस्पतालले फिर्ता पठाएको मेशिन प्रतिष्ठानबाट किनेर अस्पतालमै, कानुन मिचेरै खरिद

हेटौंडा खबर
३ माघ २०७८, सोमबार १३:२८

हेटौंडा अस्पतालले फिर्ता पठाएको मेशिन अध्यक्ष राजेश प्रसाईले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा सोझै खरिद गरेर अस्पतालमा राखेको पाईएको छ ।

रगतको परिक्षण गर्ने ‘प्रोटिन एनेलाईजर’ मेशिन गत आर्थिक वर्षमै अस्पतालमा बिना टेन्डर सोझै खरिद गर्न खोजिएको थियो । तर वायो मेडिकल इन्जिनियर लगायत कर्मचारीले टेन्डर बिना खरिद गर्न नमानेपछि उक्त मेशिन प्रसाईले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा खरिद गरेर अस्पतालमा राखेको पाईएको हो ।

उक्त मेशिन कम्पनीले अस्पताललाई खरिद गर्नका लागि आग्रह गरेको थियो । त्यति मात्र होईन मेशिन सित्तैमा राखिदिन समेत कम्पनि त्योबेला राजि भएको विशेष स्रोतले बताउछ ।

कुनै पनि सामान खरिद गर्दा सार्वजनिक खरिद ऐन अनुसार खरिद गर्नुपर्छ यस्ता मेशिनमा जुन कम्पनीको मेशिन हो त्यहि कम्पनीको केमिकल मात्र लाग्ने गर्छ । त्यसो हुदा यस्ता मेशिन टेन्डर बिना खरिद गर्नै नहुने कानुनि प्रावधान छ । तर यो मेशिन अध्यक्ष प्रसाईले ४ लाख ७५ हजारमा प्रतिष्ठानबाट खरिद गरि हेटौंडा अस्पतालमै ल्याएर राखेका छन् ।

अन्य सरकारी अस्पताललाई हेर्ने हो भने भरतपुर क्यान्सर अस्पतालले यस्ता मेशिनमा लाग्ने केमिकलको लागि मात्र टेन्डर आव्हान गरि मेशिन सित्तैमा जोडिनुपर्ने प्रावधान राख्ने गर्छन् । केमिकल जसको सस्तो पर्छ उसैको बाट खरिद गर्ने गरिन्छ र मेशिन कम्पनिलेनै जडान गरिदिने सम्झौता गरिन्छ ।

तर हेटौंडा अस्पतालमा भने यस्ता मेशिन सोझै खरिद गर्न खोजिएको र कर्मचारीले नमानेपछि प्रतिष्ठानबाट खरिद गरी पुनः अस्पतालमै मेशिन राखिएको छ । यसले गर्दा एक खरिद ऐन विपरित कानुन मिचेर खरिद गरिएको पाईयो भने अर्को तर्फ कम्पनीले भनेजति मूल्य तिरेर केमिकल खरिद गर्नुपर्ने अवस्था आएको छ । जसले गर्दा प्रति व्यक्ति विभिन्न परिक्षण गर्दा अस्पताललाई महँगो परिरहेको छ ।

कम्पनि नै आधिकारिक नभएको पाईयो 

अस्पतालमा भएको उक्त मेशिन बिक्रि गर्ने कम्पनि आधिकारिक नभएको पाईएको छ । औषधि जन्य सामाग्री सोझै खरिद गर्दा नेपालको एकमात्र आधिकारिक बिक्रेता र अन्तराष्ट्रिय मान्यता प्राप्त कम्पनि हुनुपर्ने कानुनि प्रावधान रहेको छ । तर उक्त कम्पनि नेपालको आधिकारिक बिक्रेता नभएको पाईएको हो । हचुवाको भरमा त्यस्तो कम्पनीबाट सामान खरिद गरेको भेटिएको छ ।

यता अस्पतालमा बिद्युत जडान तथा इलेक्ट्रिकल काममा पनि खरिद ऐन विपरित बिना टेन्डर खरिद प्रक्रिया अघि बढाईएको भेटिएको छ ।

अस्पतालका लागि नयाँ बिद्युत जडान तथा सप्लाई कामको लागि इन्जिनियरले ५ लाख ९१ हजारको लागत अनुमान निकाले पनि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालका अध्यक्ष राजेश प्रसाईले आफूखुसी खरिद प्रक्रिया अघि बढाएको पाईएको हो ।

उनले इस्टमेटसमेत निकालिसकेको अवस्थामा सुचना प्रकाशन गरी कोटेशन समेत ननिकाली सोझै खरिद प्रक्रिया अघि बढाएका हुन् ।

हाल उक्त कार्यको बिल पेश गरिएको छ । यद्दपी भुक्तानी भए रोकिएको छ ।

यो पनि पढ़नुहोस् 

यसमा तपाइको मत

Your email address will not be published.


*