हेटौंडा अस्पतालमा कानुन मिचेर खरिद गरिएको सामानको भुक्तानी रोकियो, कम्पनि भन्छन् अब सामान पठाउदैनौं

हेटौंडा खबर
३ माघ २०७८, सोमबार १८:५६

हेटौंडा अस्पतालमा कानुन मिचेर खरिद गरिएको ८० लाख बराबरका स्वास्थ्य सामाग्रीको भुक्तानी रोकिएको छ ।

मदन भण्डारी स्वास्थ्य प्रतिष्ठान अन्तर्गतको अस्पतालमा गएको साउनदेखि खरिद गरिएका सामग्रीको भुक्तानी रोकिएको हो  । प्रतिष्ठानका रजिष्ट्रार एवं अस्पतालका अध्यक्षसमेत रहेका राजेश प्रसाईले सार्वजनिक खरिद ऐन विपरित आफूखुसी विभिन्न सामाग्री सोझै खरिद गरि मगाएका थिए ।

हेटौंडा अस्पतालले ल्याबको उपकरणमा लाग्ने यस्ता सामाग्री खरिद गर्नको लागि हरेक वर्ष टेन्डर आव्हान गरी खरिद गर्ने गरिएको थियो । तर अस्पताल प्रतिष्ठान मातहतमा गैसकेपछि गत वर्षको ठेक्काको म्याद गत असारमा सकिएपछी टेन्डर प्रक्रियामै नगई प्रतिष्ठानका रजिष्ट्रार प्रसाईले सिधै खरिद गरेका थिए ।

थाईराइड मेशिन, वायो केमिकल एनेलाइजर, प्रोटिन एनेलाइजरलगायतमा लाग्ने सामाग्री सिधै खरिद गरिएको छ । यद्दपी प्रतिष्ठानले त्यसोगरेपनि अस्पताल प्रशासनबाट भने भुक्तानी नभएको भेटिएको छ ।

सार्वजनिक खरिद ऐन विपरित सामान खरिद भएपछी प्रशासनबाट भुक्तानी रोकिएको छ  भने उता सामाग्री दिने कम्पनिहरुले आफ्नो भुक्तानी नभए सामान नपठाउने बताएका छन् ।

भरतपुरको उत्सव मेडिकल सप्लायर्स, काठमान्डौको हिमशिखर वायो मेडिकल प्रालि, बि एस आर वायोटेक प्रालि र एक्सिस मेडिबिज प्रालिबाट सोझै लाखौँको सामान खरिद गरिएको थियो ।

४ कम्पनीहरुले अस्पतालमा ८० लाख बढी रकमको बिल पेश गरेका छन् । खरिद ईकाईलाई पत्तै नदीई भुक्तानी गर्ने बेलामा सामाग्री खरिद गरेको थाहा पाएपछि भुक्तानी प्रक्रिया रोकिएको हो ।

उत्सव मेडिकल सप्लायर्स, हिमशिखर वायो मेडिकल प्रालि, बि एस आर वायोटेकलहायतले भने आफ्नो भुक्तानी नभएसम्म सामान पठाउन नसक्ने बताएका छन् । सबै कागजात पठाउदा पनि अस्पतालका अध्यक्षसंग गरिएको लिखित तथा मौखिक सहमति अनुसार आफ्नो रकम भुक्तानी नभएको उनीहरुले बताएका छन् ।

यता अस्पतालमा चाहिने त्यस्ता सामग्री रोकिएपछी यहाँबाट हुने विभिन्न परिक्षणहरु रोकिने संकेत देखिएको छ ।

यो पनि पढ़नुहोस् 

यसमा तपाइको मत

Your email address will not be published.


*