गत २४ घण्टामा मकवानपुरमा २ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा खबर
४ माघ २०७८, मंगलवार १७:२२

गत २४ घण्टामा मकवानपुरमा २ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गएको २४ घन्टामा गरिएको २ सय ८५ जनाको पि।सि।आर परीक्षणमा २ सय १६ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै १ सय ६ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ६९ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार हाल संस्थागत आइसोलेसनमा ६ जना रहेका छन् भने होम आइसोलेसनमा ८ सय ८६ जना रहेका छन् ।

जिल्लामा सक्रिय संक्रमितको संख्या ८ सय ५० पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*