सिडिओको आदेश : हेटौंडामा माघ मसान्तसम्म शैक्षिक सस्था तथा भिडभाड हुने स्थान बन्द

हेटौंडा खबर
१६ माघ २०७८, आईतवार १७:३६

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका शैक्षिक गतिविधि तथा भिडभाड हुने स्थानहरुमा भौतिक उपस्थिति माघ मसान्त सम्म नगर्न नगराउन सुचना जारी गरेको छ ।

विद्यालय, कलेज, ट्यूशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप, सिनेमा हल, डान्स बार, दोहोरी, नाचघर, क्लब, जिम खाना, स्विमिङ पुल, पिकनिक स्थल, खेलमैदान, फुटसल, पटके हाटबजार तथा मानिसहरूको भिडभाड हुने स्थान सबैमा कुनै पनि कार्यक्रम माघ मसान्तसम्म सञ्चालन नगर्न प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेले आदेश दिएका हुन् ।

जिल्लाका शैक्षिक सस्था खोप कार्यक्रम संचालन गर्न बाहेक नखोल्न भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*