हेटौंडा चाइनाक्वाटर बस्ने ६५ वर्षीय सारदादेवी कर्रा खोलाको किनारमा मृत फेला

हेटौंडा खबर
१७ माघ २०७८, सोमबार १६:३१

हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० त्रिवेणीधाम नजिकै कर्रा खोलाको किनारमा एक महिलाको शव फेला परेको छ ।

सोमबार आज बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चाइनाक्वाटर बस्ने ६५ वर्षीय सारदादेवी लमिनी मृत अवस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

विहान करिब १० बजेको समयमा खोलाको किनारमा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

ती महिलाको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालस्थित शव गृहमा राखिएको र उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*