बागमती प्रदेशको दुई संसदीय सभापतिमा एमाले सर्वसम्मत

हेटौंडा खबर
१७ माघ २०७८, सोमबार १६:४५

बागमती प्रदेशसभा अन्तर्गत रहेको २ वटा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विजयी भएको छ।

रिक्त रहेको दुईवटा संसदीय समितिले सोमबार पूर्णता पाएको हो । सोमबार भएको निर्वाचनमा सत्तारूढ गठबन्धन सहभागी नभएपछि दुवै समितिको सभापतिमा एमालेको उम्मेदवार बिजयी भएका हुन्। प्रदेशसभा अन्तर्गत रहेका अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति छनोट गर्न निर्वाचन भएको थियो।

एमालेले अर्थ समिति सभापतिमा काठमाडौंका नारायणबहादुर सिलवाल र शिक्षा समितिमा काठमाडौंकै केशवप्रसाद पोखरेललाई उम्मेदवार बनाएको थियो ।

एमालेको बहुमत रहेकाे कारण सत्तारूढ गठबन्धनले उम्मेदवार नै दर्ता नगराई निर्वाचन प्रक्रियामा सहभागी भएको हो । अर्थ र शिक्षा समितिको बैठकमा नेकपा एमालेको १२ जना सांसदको मात्र उपस्थिति भएपछि उम्मेदवारहरूलाई विजयी घोषणा गरिएको थियो । उनीहरूको आजै सपथ ग्रहण भएको छ  ।

उनीहरुलाइ प्रदेशसभाको सभामुख सानुकुमार श्रेष्ठले शपथ ग्रहण गराएका छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*