ल्होछारको अवसरमा मकवानपुरको बागमती गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा

हेटौंडा खबर
१७ माघ २०७८, सोमबार १६:५९

तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’को अवसरमा मकवानपुरको बागमती गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको छ।

गाउँपालिकाले २८५८ सोनाम ल्होछार पर्वको अवसरमा भोली माघ १८ गतेदेखि २० गतेसम्म तिन दिन सार्वजनिक बिदा दिएको हो। यस वर्षको ‘सोनाम ल्होछार’ १९ गते परेको छ ।

आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार ३ दिन सार्वजनिक बिदा दिईएको गाउँपालिकाले जनाएको छ ।

तामाङ समुदायले ल्होछारलाई सांस्कृतिक तथा धार्मिक पर्वको रुपमा मनाउने गर्दछ । तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ भन्ने जनाउँछ । त्यसैले ल्होछारको अर्थ नयाँ वर्ष भन्ने हुन्छ ।

चन्द्रमास पात्रोअनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होछार अर्थात नयाँ वर्ष मान्ने गरिन्छ । ल्होछारमा १२ वटा जीवजन्तुको नामबाट ल्हो खोर्लो अर्थात वर्ष चक्रको आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*