हेटौंडाका क्याम्पस अगाडी विद्यार्थीले झुन्डाए ‘कालो ब्यानर’

हेटौंडा खबर
१७ माघ २०७८, सोमबार १७:५२

स्थानीय तहको निर्वाचन माग गर्दै हेटौंडाका विभिन्न क्याम्पस अगाडी विद्यार्थीहरुले ‘कालो ब्यानर’ झुन्डाएका छन्।

नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरले ‘स्थानीय तहको निर्वाचन तुरुन्त गर, संविधान र लोकतन्त्रको रक्षा गर’ लेखिएको ब्यानर टाँगेर सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सोमबार विद्यार्थीहरुले हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, वन बिज्ञान अध्ययन संस्थान र निर्मल बहुमुखी क्याम्पसको गेट अगाडि निर्वाचनको माग गर्दै कालो ब्यानर राखेका हुन्  ।

आजै अनेरास्ववियु जिल्ला कमिटी मकवानपुरले स्थानिय तहको निर्वाचन मिति अविलम्ब घोषणा गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण समेत गराएका थिए ।

तस्विर : भुवन मैनाली 

यसमा तपाइको मत

Your email address will not be published.


*