स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध अख्तियारमा उजुरी

हेटौंडा खबर
१८ माघ २०७८, मंगलवार १७:५३

स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

एमाले निकट युवा संघले स्वास्थ्यमन्त्री विरुद्ध खोप गायव बनाएर राज्यको २ अर्व ४० करोड हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी दर्ता गरेको हो ।

मन्त्री खतिवडाले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी बहन गरेपछि २४ लाख डोज खोप हराएको आरोप युवा संघले लगाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*