बाराका वडासचिव ३५ सय घुससहित पक्राउ

हेटौंडा खबर
२० माघ २०७८, बिहीबार १७:३९

बाराको कोल्हवी नगरपालिका–११ रामपुर्वाका वडासचिव ना.सु. विनोद प्रसाद साहलाई अख्तियारले नियन्त्रणमा लिएको छ। साहलाई जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाको आधारमा अख्तियारले नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिएर गएको टोलीले सेवाग्राहीबाट ३५ सय रुपैयाँ रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।

रकमसहित साहको कार्यालयबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*