पछिल्लो २४ घण्टामा ३१ सय ७५ संक्रमित, १४ जनाको निधन

हेटौंडा खबर
२० माघ २०७८, बिहीबार १७:४८

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १ सय ७५ जना कोरोना संक्रमित थपिएका छन् । थप १४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

पीसीआर र एन्टिजेन गरी १२ हजार ६ सय पाँच जनाकाे नमुना परीक्षण गर्दा तीन हजार एक सय ७५ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार १४ जना संक्रमित मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७७८ पुगेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*