सिमभञ्ज्याङमा हिमपात, यातायात अवरुद्ध

हेटौंडा खबर
२१ माघ २०७८, शुक्रबार ०९:०६

मकवानपुरको थाहा नगरपालिका अन्तरगत पर्ने सिमभञ्ज्याङ र अघोरमा हिमपातका कारण हेटौंडा–काठमाडौंतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको छ ।

गएरातिदेखि वर्षासँगै बाक्लो हिउँ परेकाले आज बिहान सवा २ बजेदेखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

विभिन्न स्थानमा अहिले हिउँ परिरहेकोले काठमाडौंबाट हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ जाने सवारीसाधन बाटोमै रोकिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*