हिउँ खेल्ने क्रममा मकवानपुरमा एकजनाको मृत्यु

हेटौंडा खबर
२२ माघ २०७८, शनिबार २०:३९

हिउँ खेल्ने क्रममा मकवानपुरमा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ५ तीनपानेमा हिउँ खेल्ने क्रममा ललितपुर निवासी ३४ बर्षीय प्रज्ज्वल पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार मृतक पोखरेल आफ्ना साथीहरुसंग हिउँ खेल्न शुक्रबार मकवानपुर आएका थिए ।

उनको अत्याधिक चिसो (हाइपोथरमिया) का कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको प्रहरी निरिक्षक दासले बताए । उनको मृत्युबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*