पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध  हेटौंडामा विरोध प्रदर्शन, प्रधानमन्त्रीको पुतला दहन

हेटौंडा खबर
२३ माघ २०७८, आईतवार १८:२४

नेकपा एमाले निकट विद्यार्थी तथा युवा संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध  हेटौंडामा विरोध प्रदर्शन गरेको छ ।

आइतबार साझ हेटौंडाको बुद्धचोकमा विद्यार्थीहरुले राके जुलुश निकाल्दै मूल्यवृद्धिको विरोध गरेका हुन् ।

‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर’, ‘प्रधानमन्त्री राजिनामा दे’, नेकपा एमाले जिन्दावाद जस्ता नारा लगाउदै जम्मा भएका युवाहरुले प्रधानमन्त्री शेर बहादुर देउवाको पुतलासमेत जलाएका छन् ।

हातमा राको लिएर युवाहरु अचानक बुद्धचोकमा निस्किएपछी प्रहरी र प्रदर्शनकारी विच धकेलाधकेल भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*