बसको ठक्करबाट मृत्यु भएको विषयलाई लिएर हेटौंडामा सडक अवरुद्ध

हेटौंडा खबर
२५ माघ २०७८, मंगलवार १५:४५

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–९ पशुपतिनगरमा बसको ठक्करबाट हिजो सोमबार हेटौडा चाइनाक्वाटर बस्ने ४० वर्षीय अर्जुनप्रसाद घिमिरेको मृत्यु भएको विषयलाई लिएर सडक अवरुद्ध गरिएको छ ।

मृतकका आफन्त र हेटौंडा-१ चाइनाक्वाटरका स्थानीयले अहिले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी सडक अवरुद्द गरेका छन् ।

सोमबार दिउँसो वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ग १ ख ६१७० नम्बरको बसले घिमिरेले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

उनको हिजै उपचारको क्रममा मृत्यु भएको थियो  ।

तस्विर : आशिस ठकुरी 

यसमा तपाइको मत

Your email address will not be published.


*