हेटौंडामा सडक अवरुद्ध, प्रहरी र स्थानीय विच झडप

हेटौंडा खबर
२५ माघ २०७८, मंगलवार १६:२२

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा स्थित जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी राजमार्ग अवरुद्ध पारिएको छ ।

हेटौंडा–९ पशुपतिनगरमा बसको ठक्करबाट हिजो सोमबार हेटौडा चाइनाक्वाटर बस्ने ४० वर्षीय अर्जुनप्रसाद घिमिरेको मृत्यु भएको विषयलाई लिएर सडक अवरुद्ध गरिएको छ ।

घिमिरेको मृत्यु भैसकेपछि ठक्कर दिने बस संचालक तथा यातायात समितिका व्यक्ति सम्पर्कमै नआएको, दोषीलाई कारवाही नभएको  र उचित क्षतिपुर्ति नदिएको भन्दै हेटौंडा-१ चाइनाक्वाटरका स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन् ।

प्रहरीले सडक खुलाउन प्रयास गरेता पनि महिला तथा बालबालिकासमेत सडकमा नारावाजी गर्दै उत्रिएपछी सडक अवरुद्ध नै रहेको छ ।

स्थानीय र प्रहरी विच झडपसमेत भएको छ ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय परिसरमा अहले मृतकका आफन्त तथा ठक्कर दिने बस संचालक विच छलफल चलिरहेको छ ।

सोमबार दिउँसो वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ग १ ख ६१७० नम्बरको बसले घिमिरेले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

उनको हिजै उपचारको क्रममा मृत्यु भएको थियो  ।

यसमा तपाइको मत

Your email address will not be published.


*