हेटौंडामा सडक अवरुद्ध : अवस्था तनावग्रस्त, प्रहरीद्वारा बल प्रयोग
हेटौंडा–९ पशुपतिनगरमा बसको ठक्करबाट हिजो सोमबार हेटौडा चाइनाक्वाटर बस्ने ४० वर्षीय अर्जुनप्रसाद घिमिरेको मृत्यु भएको विषयलाई लिएर सडक अवरुद्ध गरिएपछी अवस्था तनाव ग्रस्त बनेको छ ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा स्थित जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी केहि समय अघिदेखि स्थानीय र मृतकका आफन्तले राजमार्ग अवरुद्ध पारेका छन् ।
भिड नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको छ, भने स्थानीय र प्रहरी विच झडप भएको छ । प्रहरीले अवरुद्ध सडक खुलाउन बल प्रयोग गरेपछि स्थानीय झन् आक्रोशित बनेका छन् ।
घिमिरेको मृत्यु भैसकेपछि ठक्कर दिने बस संचालक तथा यातायात समितिका व्यक्ति सम्पर्कमै नआएको, दोषीलाई कारवाही नभएको र उचित क्षतिपुर्ति नदिएको भन्दै हेटौंडा-१ चाइनाक्वाटरका स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन् ।