हेटौंडाको अवस्था तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार, गाडीमा तोडफोड

हेटौंडा खबर
२५ माघ २०७८, मंगलवार १६:४६

हेटौंडा–९ पशुपतिनगरमा बसको ठक्करबाट हिजो सोमबार हेटौडा चाइनाक्वाटर बस्ने ४० वर्षीय अर्जुनप्रसाद घिमिरेको मृत्यु भएको विषयलाई लिएर सडक अवरुद्ध गरिएपछी अवस्था तनाव ग्रस्त बनेको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा स्थित जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी केहि समय अघिदेखि स्थानीय र मृतकका आफन्तले राजमार्ग अवरुद्ध पारेका थिए ।

भिड नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको छ, भने प्रहरीले अश्रुग्यास प्रयोग गरेको छ । प्रहरीले अवरुद्ध सडक खुलाउन बल प्रयोग गरेपछि स्थानीय झन् आक्रोशित बनेका छन् । स्थानीयले रोकेर राखेको गाडीमा ढुंगामुडा गरेका छन् ।

घिमिरेको मृत्यु भैसकेपछि ठक्कर दिने बस संचालक तथा यातायात समितिका व्यक्ति सम्पर्कमै नआएको, दोषीलाई कारवाही नभएको  र उचित क्षतिपुर्ति नदिएको भन्दै हेटौंडा-१ चाइनाक्वाटरका स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*