अपडेट- प्रहरीले बल प्रयोग गर्दै अवरुद्ध सडक खुलायो

हेटौंडा खबर
२५ माघ २०७८, मंगलवार १७:०२

हेटौंडा–९ पशुपतिनगरमा बसको ठक्करबाट हिजो सोमबार हेटौडा चाइनाक्वाटर बस्ने ४० वर्षीय अर्जुनप्रसाद घिमिरेको मृत्यु भएको विषयलाई लिएर सडक अवरुद्ध गरिएपछी प्रहरीले बल प्रयोग गरेर राजमार्ग खुलाएको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा स्थित जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी केहि समय अघिदेखि स्थानीय र मृतकका आफन्तले राजमार्ग अवरुद्ध पारेका थिए ।

घिमिरेको मृत्यु भैसकेपछि ठक्कर दिने बस संचालक तथा यातायात समितिका व्यक्ति सम्पर्कमै नआएको, दोषीलाई कारवाही नभएको  र उचित क्षतिपुर्ति नदिएको भन्दै हेटौंडा-१ चाइनाक्वाटरका स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए ।

स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो । भिड तितरवितर पारेर भर्खरै अवरुद्ध सडक प्रहरीले खुलाएको छ ।

सोमबार दिउँसो वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ग १ ख ६१७० नम्बरको बसले घिमिरेले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

उनको हिजै उपचारको क्रममा मृत्यु भएको थियो  ।

यसमा तपाइको मत

Your email address will not be published.


*