मकवानपुरका विद्यालय फागुन १ गतेदेखि खुल्ने

हेटौंडा खबर
२५ माघ २०७८, मंगलवार १८:३२

मकवानपुरमा फागुन १ गतेदेखि विद्यालय खुल्ने भएका छन् ।

सोमबार प्रमुख जिल्ला अधिकारी भारत मणि पाण्डेद्वारा जारि आदेशमा जिल्लाका सम्पूर्ण शैक्षिक सस्थाहरु संचालन गर्ने व्यवस्था मिलाउन शिक्षा विकास तथा समन्वय ईकाई र स्थानीय तहलाई आदेश दिईएको छ ।

आदेशमा विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारकाे शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्य र सुरक्षाकाे मापदण्ड पालना गरी  फागुन १ गतेबाट सञ्चालन गर्ने व्यवस्था मिलाउन शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर र स्थानीय तहहरुले मिलाउन भनिएको छ।

यता शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले फागुन १ देखि शैक्षिक सस्थाहरु खुल्ने बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*