हेटौंडाको राप्तीतटमा मेसिनबाट शव जलाउन सुरु

हेटौंडा खबर
२५ माघ २०७८, मंगलवार १९:४०

हेटौंडाको राप्तीतटमा शवदाह मेसिनबाट शव जलाउन सुरु गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाले ५४ लाख रुपैयाँ लागतमा मेसीन जडान गरेको हो ।

मेसीन ५४ लाख  र २० लाखरुपैयाँ लागतमा फाउण्डेसन तयार गरेर मंगलबारबाट शव जलाउन सुरु गरिएको हो ।

शव जलाउने मेशिन भएपनि हिन्दु संस्कार अनुसार शव जलाउन मिल्नेगरी व्यवस्थापन गरिएको छ । मेसिनमा शवदाह गर्दा शुल्क नलाग्ने हेटौंडा उपमहानगरपालिकाले बताएको छ ।

एक सय १० फिट अग्लो चिम्नीसहितको मेसिनबाट शवदाह सुरु भएपछी विभिन्न झण्झटहरु हट्ने विस्वास लिईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*