अस्पतालका अध्यक्षहरू हटाउने बागमती सरकारको तयारी

हेटौंडा खबर
२७ माघ २०७८, बिहीबार १५:३७

बागमती प्रदेश सरकारले २६ वटा अस्पतालका अध्यक्षहरूलाई हटाउने तयारी गरेको छ ।

बागमती प्रदेश सरकारअन्तर्गतका सबै अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरू हटाइने तयारी अगाडि बढेको हो । यस अघि नेकपाको सरकारले नियुक्त गरेको अध्यक्षहरूलाई गठवन्धनको सरकारले हटाउने तयारी थालेको हो ।

गत माघ १८ गते बसेको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको बैठकले प्रदेश सरकार अन्तर्गतको २६ वटै अस्पतालका अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरू हटाउने निर्णय गरेको थियो ।

बागमती प्रदेशअन्तर्गत १३ वटा अस्पताल र १३ वटा आयुर्वेद अस्पताल गरी २६ वटा स्वास्थ्य संस्था रहेका छन् । ती स्वास्थ्य संस्था तथा अस्पतालहरुमा अघिल्ला सरकारले गरेका राजनीतिक नियुक्तिलाई गर्दै अस्पताल व्यवस्थापन समिति अध्यक्ष नियुक्त गरेको थियो । ती नियुक्तिहरु खारेज गर्ने वर्तमान सरकारको तयारी रहेको छ ।

यस अघिको सरकारले गरेका राजनीति नियुक्तिहरु खारेज गर्ने अन्तिम तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।

‘हामी सबै अस्पतालको अध्यक्षको नियुक्ति खारेज गर्ने अन्तिम तयारीमा छौ । प्रक्रिया लगभग सकिएको छ । अब नियुक्ती खारेज गर्न मात्र बाँकी छ । राजीनामा दिएर सहज बाटो बनाउनु हुन्छ कि भनेर कुरेको हो हाल त्यस्तो अवस्था देखिएको छैन । अब केही दिन भित्रै ती नियुक्ति खारेज हुन्छ,’, मन्त्रालय स्रोतको भनाइ छ ।

यसअघि ती अस्पतालहरुमा नेकपा एमाले र माओवादी केन्द्र निकट व्यक्तिहरु अध्यक्ष रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*