माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक स्थगित

हेटौंडा खबर
२७ माघ २०७८, बिहीबार १६:४६

शुक्रबारका लागि बोलाइएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

भोलि शुक्रबारबाट सुरु हुने भनिएको केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्ने तयारी थियो।

यसअघि माघ ८ गते बोलाइएको बैठक पनि कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएको थियो।

बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बस्ने तय भएको थियो । तर अघिल्लो दिन बैठक स्थगित गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*