पशुपतिनाथको मन्दिर सर्वसाधारणका लागि आजदेखि खुला

हेटौंडा खबर
२८ माघ २०७८, शुक्रबार १२:१५

कोरोना संक्रमणदर तीव्र भएसँगै बन्द गरिएको पशुपतिनाथको मन्दिर सर्वसाधारण भक्तजनका लागि आजदेखि खुला गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषले माघ ५ गते कोरोना जोखिम बढेकाले भीडभाड कम गर्न पशुपति क्षेत्रका गुह्येश्वरी, चन्द्रविनायकलगायतका मन्दिरहरुमा नित्य र नैमित्तिक पूजामात्र हुने गरी सर्वसाधारणका लागि बन्द गरेको थियो ।

कोरोना संक्रमणदर घटेको र जोखिम कम भएपछि आजदेखि सबै क्षेत्रमा नियमित दर्शनार्थीका लागि खुला गरिएको कोषले जानकारी दिएको छ ।

यसअघि २०७६ साल चैत दोस्रो सातादेखि कोरोना संक्रमण देखिएपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*