चितवनमा देखियो बर्डफ्लू , हेटौंडामा कति खतरा ?

हेटौंडा खबर
२८ माघ २०७८, शुक्रबार १३:१३

चितवनमा बर्डफ्लू देखिएको छ ।

जिल्लाको राप्ती नगरपालिका वडा नं. ६ स्थित एक किसानको लेयर्स कुखुराको फर्ममा बर्डफ्लू देखिएको हो ।

बर्डफ्लू देखिएको स्थान नियन्त्रणमा लिने कार्य शुरु भएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए । उनका अनुसार गत माघ २५ गते नमूना परीक्षण गरिएकोमा २७ गते बर्डफ्लू पुष्टि भएको हो ।

सो फर्मका करिब २ हजार कुखुरा नष्ट गरिदैछ ।

चितवनमा बर्डफ्लू देखिएसंगै मकवानपुरमा सतर्कता अपनाईएको छ । चितवनबाट मकवानपुरमा कुखुरा नआउने भएकाले पनि जिल्लामा त्यति असर नपर्ने मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष गोकुल पौडेलले बताए ।

‘चितवनका कुखुरा र अण्डा काठमान्डौ जान्छ हेटौंडा आउदैन, केहि तराईका जिल्ला र पुर्व तिर जान्छन् यहा त्यति खतरा छैन तरपनि उच्च सतर्कता अपनाएका छौं,’ उनले भने ।

बाहिरबाट आएका कुखुरा मकवानपुर भित्रिने नाकामा पशु चिकित्सकसहितको टोलीले र्यापिड टेस्ट गर्ने व्यवस्था गर्न लागेको पनि पौडेलले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*