स्वास्थ्यमन्त्री विरोध खतिवडाले भने- २४ लाख डोज खोप हराएको छैन

हेटौंडा खबर
२८ माघ २०७८, शुक्रबार १६:१८

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप नहराएको दाबी गरेका छन् । उनले आज पत्रकार सम्मेलनमार्फत यस्तो बताएका हुन् ।

उक्त खोपको तथ्यांक आउन मात्रै बाँकी रहेको उनले बताए । पत्रकार सम्मेलनमार्फत् आफ्नो १०० दिने कार्यकालबारे जानकारी गराउँदै उनले २४ लाख डोज लक्षित नागरिकसम्मै पुगेको तर स्थानीय तहहरुबाट त्यसको विवरण आइपुग्न बाँकी रहेको दाबी गरे ।

२४ लाख डोज खोपको तथ्यांक छानबिनका लागि बनेको समितिले दिइएको डेडलाइनमा नै खोपको प्रकार र विवरणअनुसारको प्रतिवेदन बुझाउने उनको भनाई थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*