मकवानपुरसहित १६ जिल्लाको कांग्रेस जिल्ला अधिवेशन फागुन १३ गते

हेटौंडा खबर
२८ माघ २०७८, शुक्रबार १७:५०

नेपाली कांग्रेसले बाँकी रहेका जिल्लाहरूको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको छ ।

विभिन्न कारणले अधिवेशन हुन नसकेका १६ जिल्लामा फागुन १३ मा अधिवेशन गर्ने निर्णय भएको केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

पछिल्लो पटक काँग्रेसले माघ १५ गतेलाई अधिवेशनको मिति तोकेपनि कोरोनाका कारण स्थगित गरिएको थियो ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा अधिवेसन भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*