हेटौंडा अस्पतालका अध्यक्षको मनलाग्दीले बिरामीलाई सास्ती, थाइराइडको जांच बन्द

हेटौंडा खबर
२९ माघ २०७८, शनिबार ११:३६

हेटौंडा अस्पतालका अध्यक्ष राजेश प्रसाईको मनलाग्दीले बिरामीलाई सास्ती भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको अस्पतालका अध्यक्ष एवं प्रतिष्ठानका रजिष्ट्रार प्रसाईले कानुन मिचेर सामान खरिद गरेका थिए । उनले सार्वजनिक खरिद ऐन विपरित झन्डै १ करोड बराबरको विभिन्न स्वास्थ्य सामग्री खरिद गरेपछि प्रशासनबाट रकम भुक्तानी भएको छैन ।

त्यसको असर अहिले आम नागरिकलाई परेको छ । उनले कानुन मिचेर सामान ल्याएपछि प्रशासनबाट रकम भुक्तानी नभएकाले स्वास्थ्य सामाग्री पठाउने कम्पनीले सामान पठाउन छाडेका छन् । त्यसको असर बिरामिले भोग्न बाध्य बनेका छन् ।

अस्पतालको ल्यावमा रहेका विभिन्न मेशिनमा लाग्ने केमिकल तथा औषधि जन्य सामाग्रीको अभाव हुदा अहिले अस्पतालका विभिन्न चेकजाँच नै रोकिएको छ । अस्पतालमा परिक्षण बन्द भएपछी बिरामीहरु महँगो शुल्क तिरेर निजी क्लिनिकमा जान ब्याध्य भएका छन् ।

हेटौंडा अस्पतालमा केहिदिन यता थाइराइडको परिक्षण बन्द छ । मेशिनमा लाग्ने केमिकल कम्पनीले नपठाउदा यता बिरामीको जांच नै रोकिएको हो । थाइराइडको जांचका लागि लाग्ने औषधिजन्य सामाग्री काठमान्डौको एक्सिस मेडीबिजले बिक्रि गर्ने गरेको छ ।

अघिल्लो आर्थिक बर्षमा अस्पतालले गरेको टेन्डरको म्याद गत असारमा सकिएको थियो । पुनः टेन्डर प्रक्रियामा गइ साउनदेखि यस्ता सामग्री खरिद गर्नु पर्नेमा अस्पतालका अध्यक्ष प्रसाईले आफूखुसी ८० लाख भन्दा बढीको सामाग्री सिधै खरिद गरेका थिए ।

उनले कानुन मिचेर लाखौँको सामान खरिद गरेपछि त्यसवापतको भुक्तानी नभएपछी अहिले सामान दिने कम्पनिले अस्पतालमा सामान पठाउन रोकेका हुन् । जसको कारण अस्पतालका विभिन्न परिक्षण बन्द भएको छ । बिरामीले महँगो शुल्क तिरेर बाहिरका निजि अस्पताल धाउनुपरेको छ ।

यो पनि पढ़नुहोस् 

यसमा तपाइको मत

Your email address will not be published.


*