डिशहोमले ल्यायो वाई–फाई ६ सहितको ६०० एमबीपिएसको ईन्टरनेट

हेटौंडा खबर
१ फाल्गुन २०७८, आईतवार १३:०९

डिशहोम फाइबरनेटले ६०० एमबीपिएस स्पीड भएको मेगा–फाई ईन्टरनेट प्रदान गर्ने भएको छ ।

डिशहोमले हाई स्पीड ईन्टरनेट प्रयोगकर्ताहरुको लागि ३०० र ६०० एमबीपिएस स्पीडको ईन्टरनेट प्याकेज ल्याएको छ । नेपालमा नै पहिलो पटक लेटेस्ट वाई–फाई टेक्नोलोजीको वाई–फाई ६ राउटर र मेस नोड मार्फत ग्राहकहरुले हाई स्पीड ईन्टरनेटको मज्जा लिन सक्ने डिशहोमले जनाएको छ ।

डिशहोमले ल्याएको WI FI 6 राउटर अहिले बजारमा पाइने  राउटर भन्दा ४ गुणा फास्टार स्पीडमा चल्ने कम्पनीले दाबी गरेको छ । eAI (Artificial Intelligence), Gigabit Access, Dual-band Smart Steering, Seamless Roaming, Multi-Level Protection, More Connection & Mesh Networking जस्ता विशेषताहरु वाई–फाई ६ राउटरमा रहेको कम्पनिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*