एमसिसीविरुद्ध हेटौंडामा प्रदर्शन: नेकपा एसले निकाल्यो विरोध र्याली

हेटौंडा खबर
१ फाल्गुन २०७८, आईतवार १३:२८

नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)विरुद्ध हेटौंडामा प्रदर्शन गरेको छ ।

हेटौंडा-४ सितलमहल स्थित पार्टी कार्यालयबाट नारावाजीसहित एमसिसीको विरोधमा र्याली निकालिएको छ ।

विरोध र्यालीमा नेकपा एसका नेता कार्यकर्ता हरुको उपस्थिति छ । नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरका जनवर्गीय संगठनको आयोजनामा एमसिसीविरुद्ध विरोध र्याली गरिएको हो ।

उनीहरुले ‘एमसिसी चाहिदैन, देश बेच्न पाईदैन, राष्ट्रघाती सम्झौता खारेज गर, एमसिसी मुर्दावादजस्ता नारा लगाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*