झण्डै पाँच किलो सुनसहित त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

हेटौंडा खबर
१ फाल्गुन २०७८, आईतवार १४:३२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै पाँच किलो सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

हिमालय एयरलाइन्सको जहाजमार्फत दुबईबाट शनिबार बिहान काठमाडौं आएका चिनियाँ नागरिक झ्याङ ली झण्डै पाँच किलो सुनसहित पक्राउ परेका हुन् ।

उनले दुबईबाट नेपाल आउँदा अवैध सुन ल्याएर आएको खुलेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईका अनुसार चिनियाँ नागरिक लीले सुनलाई पगालेर पाउडरजस्तै पोका बनाएर ल्याएका हुन् । ‘लीले सुनलाई केमिकलमा पगालेर धुलो बनाएर कम्मरमा बाधेर ल्याएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*